arrow

बेलबारी गोल्डकप : सिराहा सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
Siraha.jpg

बेलबारी । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन आज युकेएफसी भारत र सलहेस युवा क्लब सिराहाबीच भएको खेलमा युकेएफसीले लज्जास्पद हार बेहोर्नुपरेको छ ।

डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी गोल्डकपमा भएको खेलमा सिराहको सहलेसले शून्यका विरुद्ध ४ गोल गरेको छ । 

सहलेशका लागि एक विरुद्ध एकमा फैजलले खेलको २४औँ मिनेटमा गोल गर्दै टिमको खाता खोल्नुभएको थियो । 

सिराहाकै फोडेफोफोनाको पासमा हरि कार्र्कीले दोस्रो गोल ३६औँ मिनेटमा गर्दै खेललाई दुई शून्य बनाएका थिए । 

विलाल घलानको पासमा सिराहाका फोफोना ईभ्राईनले ३९औँ मिनेटमा तेस्रो गोल गर्दै टिमलाई विजय नजिक पुर्‍याउन सफल भएका थिए । 

खेलको पहिलो आधा तीन शून्य भएको खेलको दोस्रो आधामा सिराहाकै फोफोना ईभ्राईनले दोस्रो गोल गर्दै टिमलाई विजयी घोषित गराउन सफल भए । 

युकेएफसी भारतले सलहेस युवा क्लब सिराहालाई जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो । 

खेलको दोस्रो आधाको १७ मिनेटमा भारतका राज राउतको फितलो प्रहार सहलेस सिराहाका गोल किपर अनिस देउलाले बचाउन सफल भएका थिए । 

खेलका म्यान अफ द म्याच  सहलेस सिराहाका फोफोना इभ्राइम घोषित भए । 

मङ्गलबार रारा फुटबल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाइज काठमाडौँकाबीच हुने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । 

प्रतियोगितामा विजेताले नगद रु आठ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

उपविजेताले नगद रु पाँच लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई नगद रु पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ