arrow

विश्वकपमा वर्षाको असर, दक्षिण अफ्रिका–नेदरल्याण्ड्सको खेलमा ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
dharmashala-rain-2023-10-17.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १५ औँ खेलमा आज दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिड्दै छन् । तर खेल शुरु हुने समय हुँदा पनि टस अझै हुन सकेको छैन । 

वर्षाका कारण टसमा ढिलाई भएको हो । धर्मशालाको एचपीसीए स्टेडियममा दिउँसो २ः१५ देखि खेल नै शुरु हुनुपर्ने भए पनि वर्षाका कारण टससमेत हुन नसकेको हो । 

यो खेलमा पूरा ओभर खेल्न पाए दक्षिण अफ्रिका फेरि अर्को फराकिलो रेकर्ड राख्न आतुर रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ४२८ रन बनाएर रेकर्ड राखेको थियो । 

सबैभन्दा कमजोर टिम नेदरल्याण्ड्सविरुद्ध पनि दक्षिण अफ्रिकालाई रेकर्ड राख्ने मौका छ । 

जारी विश्वकपमा यी दुई टिमले व्यक्तिगत तेस्रो खेल खेल्न लागेका हुन् । नेदरल्याण्डले पाकिस्तान र न्यूजिल्याण्डसँग हार बेहोरेको छ भने दक्षिण अफ्रिकाले अष्ट्रेलिया र श्रीलंकालाई हराएको छ । 

हेड टु हेड
नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाले आपसमा ७ खेल खेलेका छन् । ६ पटक दक्षिण अफ्रिका विजयी हुँदा एक निर्णयविहीन भएको थियो । 

विश्वकपमा आपसमा तीन पटक भिडन्त भएको छ । जहाँ तीन वटै खेल दक्षिण अफ्रिकाले जितेको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अफगानिस्तान छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया आठौँ स्थानमा छ । ३ खेलबाट श्रीलंका तथा २ खेलबाट नेदरल्याण्ड्स अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ