arrow

एमालेमा आउन बित्तिकै पद पाइँदैन – केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
kp-oli-2080-07-01.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आउने बित्तिकै पद नपाइने बताएका छन् । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको बताउँदै पार्टीमा आउने बित्तिकै वा पार्टी सदस्यता लिने वित्तिकै पद नपाइने बताएका हुन् । 

एउटा विरुवासँग तुलना गर्दै विरुवाले पनि समय नआइकन फल नदिने चर्चा गरेर पार्टी कार्यकर्ताले पार्टी सदस्यता लिने बित्तिकै पद पाउने अपेक्षा गर्नु प्रकृतिविरुद्ध हुने आशय व्यक्त गरेका थिए । 

उनले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिँदै पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको बताएका छन् । 

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताएका छन् । पार्टीनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले बुधबार काठमाडौँँमा दशैँ–तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले पार्टी कार्यकर्तालाई अनुशासिन हुन निर्देशन दिएका हुन् । 

पार्टीभित्र आफूलाई केही देखाउन अनुशासनहिनताको सहारा लिने, उच्छृंखलताको सहारा लिने प्रवृत्ति बढिरहेको चर्चा गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताएका थिए ।  

अध्यक्ष ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भूतपूर्व सैनिक तथा प्रहरीहरुको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

 ‘समस्याहरु छन् हामीसँग । देशमा समस्या छ । ती समस्याको समाधान हामी गर्दै जानेछौं । तर हामी जिन्दगीलाई खुशीयालीपूर्ण, उत्साहपूर्ण, उमंगका साथ मनाउँदै, अगाडि बढाउँदै अघि जानेछौँ’ देशको समस्या समाधान गर्ने एमाले पार्टी मात्र हो अन्यले सक्दैनन्’, ओलीले भने । 

आज सिङ्गो एमाले आफ्ना अवयवसहित सक्रिय रहेको उनले बताएका थिए । ‘जस्तो हाम्रो शरीरमा अवयवहरु सक्रिय हुन्छन् । त्यस्तै एमाले पनि सम्पूर्ण रुपले सक्रिय छ । सिङ्गो शरीर पनि गतिशील छ । एमाले पनि त्यसैगरी गतिशील छ’ उनले भने ‘अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरु भइराखेको छ । त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइराखेको छ ।’

अनुशासन, विधि र प्रक्रियाको सहयोगले मात्र समाज सभ्य हुने बताउँदै ओलीले  प्रकृति पनि अनुशासनमा चलेको चर्चा गरेका थिए । 

‘प्रकृतिमा एक किसिमको अनुशासन छ । प्रकृति बिल्कुल अनुशासनमा बसेको छ । हामी कसैकसैलाई सदस्यता लिएको भोलिपल्ट माथिल्लो पदमा पुगुँजस्तो लाग्ने रहेछ, जुन गलत छ’, ओलीले  भने ।  

विरुवा रोपेको भोलिपल्टै रुख नहुने बताउँदै अध्यक्ष ओलीले त्यसले प्रकृतिको नियम पालना गर्दै रुख हुने गरेको बताए । हतार गर्दैमा रुखले फल नदिने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ