arrow

हिन्दु-मुस्लिमको भाइचारा सम्बन्धमा दरार ल्याउन असामाजिक तत्त्वले खेले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
muslim-aayog.jpg

काठमाडौं । हिन्दु-मुस्लिमको भाइचारा सम्बन्धमा दरार ल्याउन असामाजिक तत्त्वले खेलेको धारणा वक्ताहरूले राखेका छन् । मुस्लिम आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपालीहरू शान्तिप्रिय भएकाले कुनै धर्म धर्म बीचमा झैझगडा र द्वन्द्व गर्न नहुने बताइएको छ । 

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दशैँ सबै नेपालीको चाड भएकाले उत्सवका साथ मनाउनुपर्ने बताए । उनले नेपालीहरू शान्तिप्रिय भएकाले कुनै धर्म धर्म बीचमा झैझगडा र द्वन्द्व गर्न नहुने बताए । उनले सबै धर्मावलम्वीहरु एक आपसमा मिलेर बस्न आग्रह गरे । उनले पछिल्लो समय केही छिटपुट घटना भइरहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले बाहिरबाट आएका व्यक्तिको उक्साहटमा साम्प्रदायिक द्वन्द्व हुने गरेको बताए । धर्मको नाममा द्वन्द्व पैदा हुन नहुने बताए ।


कार्यक्रममा नेपालीहरूको महान् चाड बडा दशैँको शुभकामना दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतका धर्मावलम्बी र समुदाय एक आपसमा मिलेर बसिरहेकाले अहिले पनि सोही कुरालाई निरन्तरता दिनुपर्ने बताए । 

पछिल्लो केही समय यता केही असामाजिक र अराजक तत्त्वहरूले नेपालमा रहेका धर्मावलम्वीहरुको बीचमा खेल्ने र धार्मिक सहिष्णुतालाई खलबल्याउने प्रयास गर्ने र भाइचारा सम्बन्ध डगमगाउने प्रयास गर्ने काम भइरहेको बताए । 

उनले हिन्दु र मुस्लिम, बौद्धिष्ट र किराँतको नाममा असामाजिक कार्य गर्नेहरूलाई असफल बनाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ