arrow

बंगलादेशविरुद्ध भारतको शानदार जित, विराटको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
virat-kohli-century-2023-10-19.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १७ औँ खेलमा भारत विजयी भएको छ । भारतले पुनेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । 

पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २५६ रन बनायो । पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्ने क्रममा लिटन दासले ६६ तथा तन्जिद हसनले ५१ रन बनाए । 

महमुल्लाहले ४६ तथा मुश्फिकर रहिमले ३८ रन बनाए । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज र रविन्द्र जडेजाले समान २ विकेट लिए । 

जवाफमा भारतले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा जित हासिल गर्यो । विराट कोहलीले ९७ बलमा अविजित १०३ रन बनाए । उनले करियरमा एक दिवसीयमा ४८ शतकसमेत बनाएका छन् । 

साथै कोहलीले सबैभन्दा तीव्र गतिमा २६ हजार अन्तर्राष्ट्रिय रन पूरा गरेका छन् । उनले ५६७ इनिङ्समा उक्त रन पूरा गरेका हुन् । 

यसअघि सचिन तेन्दुलकरले ६०० इनिङ्समा उक्त रन पूरा गरेका थिए । 

पहिलो विकेटका लागि ८८ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित शर्माले ४० बलमा ४८, शुबमन गिललले ५५ बलमा ५३, केएल राहुलले ३४ बलमा अविजित ३४ तथा श्रेयस ऐयरले १९ रन बनाए । 

मेहन्दि हसन मिराजले २ विकेट लिए । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ८ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित अफगानिस्तान नवौैँ स्थानमा छ । पुछारको श्रीलंका अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ