arrow

दशैँमा उपत्यकाबाट भुम्लु जान कांग्रेसले गर्‍यो निःशुल्क बसको व्यवस्था [फोटोफिचर]

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक ४ शनिबार
dashaina-bus-2080-07-04z-(1.jpg

भुम्लु । दशैँमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निःशुल्क बसको व्यवस्था गरेको छ । 

कांग्रेसका भुम्लु गाउँपालिका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) को नेतृत्वमा काठमाडौँ उपत्यकाबाट गाउँघर जाने सबैलाई निशुल्क बसको प्रबन्ध मिलाइएको हो । 

गाउँपालिका उपाध्यक्षसमेत रहेका तामाङका अनुसार भुम्लुका सबै वडावासी बसमार्फत सहज र निर्धक्क हिसाबले आफ्नो गाउँघर फर्किएका छन् । 

चाडपर्वमा महँगो मोटर भाडा तिर्दासमेत सार्वजनिक बसमा आवतजावत गर्न नसकिने अवस्थामा कांग्रेस भुम्लुले निःशुल्क र व्यवस्थित यात्रा बन्दोवस्त गरेको भन्दै यात्रुहरुले खुशी प्रकट गरे। 

‘दशैं खर्चको चपेटामा परेकालाई यात्रा सहज र सस्तो होस् भनेर भुम्लुका सबै नागरिकका लागि सेवाभावले निशुल्क बस व्यवस्थापन गरेका हौँ’, सभापति तामाङले भने ।
 
यो धेरै सामाजिक संघसस्था र व्यक्तिको सहकार्यमा संचालन गरिएको विशुद्ध परोपकारी काम हो तसर्थ यसलाई राजनीतिक चस्माले नहेर्नसमेत उनले आग्रह गर्दै सहयोगी सबैलाई आभार प्रकट गरेका छन्।

dashaina-bus-2080-07-04z (1).jpg
dashaina-bus-2080-07-04z (2).jpg
dashaina-bus-2080-07-04z (3).jpg
dashaina-bus-2080-07-04z (4).jpg
dashaina-bus-2080-07-04z (5).jpg
dashaina-bus-2080-07-04z (6).jpg
dashaina-bus-2080-07-04z (7).jpg
dashaina-bus-2080-07-04z (8).jpg
dashaina-bus-2080-07-04z (9).jpg
dashaina-bus-2080-07-04z (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ