arrow

अर्थतन्त्र सबल बनाउनु पर्नेमा महासचिव पोखरेलको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
Shankar-pokhrel-dang.jpg

दाङ । नेकपा एमालेका महासचिव  शङ्कर पोखरेलले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने बताए । 

दसैँ पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति-परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । सहर र गाउँलाई दसैँले जोडेको उनले उल्लेख गरे ।

एक पृथक प्रसङ्गमा महासचिव पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएका भन्दै राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनका पोखरेल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष तुलसीराम पुन, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुनकुमार योगीले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ