arrow

दक्षिण अफ्रिकासँग इङ्गल्याण्डको लज्जास्पद हार, २२ ओभरमै अलआउट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
worldcup-sa-eng-2060.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको –२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो । 

वानखेडेको मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ३९९ रन बनायो । हेन्रिच क्लासेनले ६७ बलमा १०९ रन बनाए ।

रिजा हेन्डिरिक्सले ७५ बलमा ८५ तथा मार्को जासेनले ४२ बलमा अविजित रहँदै ७५ रन बनाए । मार्क उडले १७ बलमा अविजित रहँदै ४३ तथा रिस टोप्लेले ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले २२ ओभरमात्र क्रिजमा टिकेर १७० रन बनायो । गस एट्किन्सनले २१ बलमा ३५ रन बनाए । गेराल्ड कोट्जीले ३ विकेट लिए । 

अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ८ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ४ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । पाकिस्तान ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड छैटौँ तथा ४ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकससहित श्रीलंका नवौँ स्थानमा छ भने ४ खेलबाट २ अंकको अफगानिस्तान पुछारमा छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ