arrow

बंगलादेशको बंगबन्धु तेक्वान्दोमा काभ्रेपलान्चोकका विष्णुलाई सफलता 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० कार्तिक ५ आइतबार
bangabandhu-taekwondo-2023.jpg

काभ्रेपलान्चोक । बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी बेथानचोकका विष्णु खत्रीले दुई ओटा पदक जितेका छन् । 

अक्टोबर १९ देखि २१ तारिखसम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गरका थिए । प्रतियोगितामा उनी पुम्सेमा रजत हात पार्न सफल भएका हुन् ।  

त्यसैगरी टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पर्न सफल भएको छ । 

सहभागी टोली सोमबार नेपाल फर्किने खत्रीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ