बंगलादेशको बंगबन्धु तेक्वान्दोमा काभ्रेपलान्चोकका विष्णुलाई सफलता
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक ५ आइतबार
7.4k
Shares
काभ्रेपलान्चोक । बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी बेथानचोकका विष्णु खत्रीले दुई ओटा पदक जितेका छन् ।
अक्टोबर १९ देखि २१ तारिखसम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गरका थिए । प्रतियोगितामा उनी पुम्सेमा रजत हात पार्न सफल भएका हुन् ।
त्यसैगरी टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पर्न सफल भएको छ ।
सहभागी टोली सोमबार नेपाल फर्किने खत्रीले जानकारी दिए ।