arrow

कठै दशैँको सडक !  [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
dhule-sadak-2080-07-05 (18).jpg

काठमाडौँ । पहिले पहिले अरु बेला अस्तव्यस्त भए पनि दशैँका बेलामा भने सडक पनि चिल्ला हुने गर्दथे । तर अहिले भने दशैँमा पनि बाटो चिल्लो हुन्न । त्यस्तै भएको छ पृथ्वी राजमार्गमा ।

सडक विस्तारको कामले दशैँको बेलामा यात्रुहरुले सास्ती भोग्नु परेको हो । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक संजालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै ब्यस्त सडकमा गनिन्छ ।

घाम लागेका बेला सडकबाट उडेका धुलोले अगाडि यात्रा गरिरहेका सवारी देख्न मुस्किल पर्छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएकोमा दुवै खण्डको हालसम्मको प्रगति १५ प्रतिशत रहेको छ। 

काम सम्पन्न गर्नुपर्ने म्याद अझै थप्दा पनि प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ । अहिलेको समयमा ओहोरदोहोर गर्ने यात्रुहरुको चाप छ । 

सडकको अवस्थाले समस्या खेप्नु परेको यात्रुहरु बताउँछन् । दशैँको समयमा बर्सेनि काठमाडौँबाट घर फर्किदै आइरहेका दमौलीका रमेश ढकाल यो वर्ष निकै सास्तीका साथ यात्रा गरेको बताउँछ्न् ।

‘ठेकेदारहरुको ढिला सास्तीले गर्दा समयमै घर नपुग्ने समस्या भएको छ’, उनी भन्छन्, ‘पहिला मुग्लिनदेखि दमौली आइपुग्न करिब २ घण्टा लाग्ने गरेकामा अहिले सडकको अवस्थाले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।’ 

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको छ । त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । 

यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । 

बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

dhule-sadak-2080-07-05 (1).jpg
dhule-sadak-2080-07-05 (2).jpg
dhule-sadak-2080-07-05 (3).jpg
dhule-sadak-2080-07-05 (4).jpg
dhule-sadak-2080-07-05 (5).jpg
dhule-sadak-2080-07-05 (6).jpg
dhule-sadak-2080-07-05 (7).jpg
dhule-sadak-2080-07-05 (8).jpg
dhule-sadak-2080-07-05 (9).jpg
dhule-sadak-2080-07-05 (10).jpg
dhule-sadak-2080-07-05 (11).jpg
dhule-sadak-2080-07-05 (12).jpg
dhule-sadak-2080-07-05 (13).jpg
dhule-sadak-2080-07-05 (14).jpg
dhule-sadak-2080-07-05 (15).jpg
dhule-sadak-2080-07-05 (16).jpg
dhule-sadak-2080-07-05 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ