arrow

गगनयान परीक्षण उडान भारतका लागि कोसेढुङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
ISRO-news-aa.jpeg

काठमाडौँ ।  इसरोका पूर्वप्रमुख जी माधवन नायरले शनिबार भारतीय अन्तरिक्ष एजेन्सीको मानवरहित परीक्षण उडान ‘मिसन गगनयान’ को सफल प्रक्षेपण निकट भविष्यमा मानवलाई अन्तरिक्षमा पठाउने भारतको कार्यक्रमका लागि ‘कोसेढुङ्गा’ भएको बताएका छन् । 

“इसरोको टिभी–डी१ मिसन आज सफलतापूर्वक पूरा भएको सुनेर मलाई अत्यन्त खुसी लागेको छ”, उनले भने । 

आजको परीक्षण उडान (टेस्ट भेहिकल डी१ मिसन) यसको क्रु मोड्युलको आपत्कालीन सुरक्षा प्रणालीको परीक्षण गर्नका लागि गरिएको थियो । यो थ्रस्टरबाट अलग भयो र प्रक्षेपणको करिब १० मिनेटपछि समुद्रमा सफल अवतरण भयो । 

टिभी डी१ मिसन बिहान ८ः४५ बजे इन्जिन इग्निसनको समस्या भएपछि शनिबारै बिहान १० बजे दोस्रो प्रयासमा प्रक्षेपण गरिएको थियो । सुरुमा यसलाई बिहान ८ बजे प्रक्षेपण स्थलबाट प्रक्षेपण गर्ने तय गरिएको थियो जसलाई परिवर्तन गरेर बिहान ८ः४५ बजे र पछि बिहान १० बजे प्रक्षेपण गर्ने समय मिलाइएको थियो । 

इसरोका पूर्वप्रमुख नायरका अनुसार श्रीहरिकोटामा खराब मौसमका कारण पहिलो प्रक्षेपण करिब ४० मिनेट ढिलो भएको थियो, पछि प्रक्षेपणको प्रयास गर्दा स्वचालित प्र्रक्षेपण प्रणालीले लिफ्ट–अफभन्दा केही सेकेन्डअघि स्थगनको आदेश दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ