arrow

दक्षिण अफ्रिकाको कीर्तिमानी योगफल, ककले बनाए सर्वाधिक रन, निरीह बंगलादेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
quinton-de-kock-worldcup-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २३ औँ खेलमा अहिले दक्षिण अफ्रिका र बंगलादेश भिडिरहेका छन् । मुम्बईको वानखेडे मैदानमा भइरहेको खेलमा बंगलादेशले ३८३ रनको चुनौती पाएको छ । 

टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले १४० बलमा १७४ रन बनाए । यो विश्वकपमा सर्वाधिक रन उनकै नाममा रहेको छ । यसअघि अष्ट्रेलियाका डेभिड वार्नरले १६३ रन बनाएका थिए । 

त्यस्तै हेन्रिच क्लासेनले ४९ बलमा ९० रन जोडे । कप्तान आइडेन मार्करमले ६९ बलमा ६० रन बनाए । डेभिड मिलरले १५ बलमा अविजित रहँदै ३४ रन बनाए । 

बंगलादेशका लागि हसन महमुदले २ तथा शकिब अल हसन, शोरिफुल अस्लम र मेहन्दि हसन मिराजले १–१ विकेट लिए । 

दक्षिण अफ्रिकाले पछिल्ला सात खेलमा तीन सय भन्दा बढी रन बनाएको कीर्तिमान बनाएको छ । यसै विश्वकपमा श्रीलंकाविरुद्ध ४२८ रन बनाएर विश्वकपमा सबैभन्दा बढी रन बनाएको कीर्तिमान पनि दक्षिण अफ्रिकाले राखेको थियो । 

रिरहेको छ । यो खेल जित्दा दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा पुग्नेछ । दक्षिण अफ्रिका ६ अंकसहित तेस्रो स्थानमा छ । 

२ अंकसहित बंगलादेश सातौँ स्थानमा रहेको बंगलादेशले जित्दा सेमिफाइनलको सम्भावना कायमै राख्ने छ भने पराजित हुँदा बाहिरिने सम्भावना लगभग पक्का हुनेछ । 

हेड टु हेड
दुवैले आपसमा २४ एक दिवसीय खेलेका छन् । जसमा दक्षिण अफ्रिका १८ र बंगलादेश ६ खेलमा जिजयी भएको छ । 

विश्वकपमा भने दुवैको बराबरी रहेको छ । अहिलेसम्म आपसमा चार खेल भएकामा दुवैले बराबरी २–२ खेल जितेका छन् । 

दक्षिण अफ्रिका फर्ममा देखिएको छ भने बंगलादेशले निरीहता देखाइरहेको छ । 

दक्षिण अफ्रिकाका क्विन्टन डि ककले २३३ रन बनाइसकेका छन् । जसमा दुई शतक छन् । त्यस्तै कागिसो रबाडाले ८ विकेट लिइसकेका छन् । 

यता बंगलादेशका कप्तान शकिब अल हसन आज खेलमा फर्किँदैछन् । उनी घाइते भएका कारण भारतविरुद्ध खेल्न सकेका थिएनन् । 

बंगलादेशका लािग मुशफिकर रहिमले १५७ रन बनाएका छन् भने शकिले ५ विकेट लिएका छन् । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । 

४ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

पाकिस्तान ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

४ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । 

४ खेलबाट २ अंकससहित श्रीलंका नवौँ स्थानमा छ भने ४ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पुछारमा छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ