arrow

विश्वकपमा मात्र ४० बलमा शतक बनाएर राखे म्याक्सवेलले कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
glenn-maxwell-2023-10-25.jpg

काठमाडौँ । विश्वकप एक दिवसीय क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेलले राखेका छन् । 

उनले भारतमा भएको विश्वकपमा अक्टोबर २५ तारिखमा नेदरल्याण्ड्सविरुद्ध मात्र ४० बलमा शतक पूरा गरेका हुन् । सन् १९७५ देखि शुरु भएको एक दिवसीय विश्वकपमा यो अहिलेसम्मकै कीर्तिमान हो । 

यसअघि यसै विश्वकपमा त्यो कीर्तिमान दक्षिण अफ्रिकी खेलाडी एडिन मार्करमले राखेका थिए । उनले श्रीलंकाविरुद्ध ४९ बलमा शतक प्रहार गरेका थिए । 

यसअघि यो कीर्तिमान आयरल्याण्डका खेलाडी केभिन ओ’ब्राइनले सन् २०११ को विश्वकपमा इङ्गल्याण्डविरुद्ध ५० बलमा शतक बनाएर राखेका थिए । उनको कीर्तिमान तोडिन १२ वर्ष लाग्यो । 

त्यस्तै ग्लेन म्याक्सवेलले सन् २०१५ को विश्वकपमा श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाएका थिए । 

त्यस्तै सन् २०१५ मा दक्षिण अफ्रिकाका एबीडे भिडियर्सले वेष्ट इन्डिजविरुद्ध ५२ बलमा शतक बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ