arrow

विश्वकपमा सर्वाधिक शतकको कीर्तिमानमा वार्नरले गरे सचिनको बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
david-warner-2023-10-25.jpg

काठमाडौँ । विश्वकप एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी भारतीय कप्तान रोहित शर्मा हुन् । उनले ७ शतक प्रहार गरिसकेका छन् । 

त्यस्तै अष्ट्रेलियाका खेलाडी डेभिड वार्नरले ६ शतक बनाएर भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको बराबरी गरेका छन् । 

वार्नरले अक्टोबर २५ तारिखमा नेदरल्याण्ड्सविरुद्ध १०४ रन बनाउँदै ६ शतक पूरा गरेका हुन् । वार्नरले सचिन तेन्दुलकरका नाममा १२ वर्षदेखि रहेको ६ शतकको बराबरी गरेका हुन् । 

त्यस्तै श्रीलंकाका कुमार सांगाकारा र अष्ट्रेलियाका रिक्की पोन्टिङको नाममा ५ शतक रहेको छ । 

भरातीय सौरभ गांगुली, दक्षिण अफ्रिकाका एबीडे भिलियर्स, अष्ट्रेलियाका मार्क वा, श्रीलंकाका तिलकरत्ने दिलशान र माहेला जयवर्दनेका नाममा ४ शतक रहेको छ । 

भारतीय खेलाडी विराट कोहली र दक्षिण अफ्रिकाका क्विन्टन डे ककको नाममा ३ शतक छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ