arrow

आगलागी हुँदा सात जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

मङ्गोलिया । मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ । 

स्थायीय समयअनुसार बिहान करिब ३ः५० बजे आगलागी भएको सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेकोसमेत एजेन्सीले उल्लेख गरेको छ । 

चिसो मौसम शुरू भएसँगै घरलाई न्यानो राख्न आगो बाल्ने गरिएकाले घरमा आगलागी भएको हुनसक्ने एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार राजधानीको आधाभन्दा बढी जनसङ्ख्या सहरका ग्रामीण जिल्लामा बसोबास गर्छन, जहाँ पानी तताउने तथा ढल निकासको व्यवस्था छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ