arrow

घट्यो मर्सिडिजको मुनाफा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
mercedes-car-german.jpg
तस्बिर – फाइल ।

जर्मनी । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरि भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ । 

जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले गरेको भविष्यवाणीभन्दा केही राम्रो थियो । विश्लेषकहरूले समीक्षा अवधिमा कम्पनीको मुनाफा तीन अर्ब ४० करोड युरो हुने अनुमान गरेका थिए । 

उक्त अवधिमा कम्पनीको आम्दानी एक दशमलव चार प्रतिशतले घटेर ३७ अर्ब २० करोड युरो भएको छ । केही पार्ट्सको कमीका कारण तेस्रो त्रैमासिकमा यात्रुवाहक कारहरूको विक्री करिब पाँच प्रतिशतले कम भएकाले आम्दानीमा पनि गिरावट भएको बताइएको छ । 

कोरोना भाइरस महामारीको समयमा शुरू भएको आपूर्ति शृङ्खलाको समस्या अधिकांश कार निर्माताका लागि धेरै हदसम्म कम भएको छ । यद्यपि उनीहरूले कहिलेकाहीँ यस्तो समस्याहरूको सामना गर्नुपर्दा उत्पादनलाई सुस्त बनाएको छ ।  

तेस्रो त्रैमासिकमा मर्सिडिजको बिक्री ११ प्रतिशतले घटेको छ । यो अवधिमा भने विद्युतीय सवारीको बिक्री भने ६६ प्रतिशतले बढेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ