arrow

विश्वकप क्रिकेटमा आजदेखि छैटौँ चरणका खेल, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
worldcup-cricket-india-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आजदेखि छैटौँ चरणका खेलहरु हुँदैछन् । लिग चरणका आधा बढी खेल सकिइसक्दा सेमिफाइनलमा पुग्ने चार टोलीको आँकडा बन्न थालेको छ । 

यसपालि सबैभन्दा ठूलो झड्का साविक विजेता इङ्गल्याण्डलाई लागेको छ । साविक विजेताको पगरी लगाएर इङ्गल्याण्ड भारत आएको भए पनि खेलाडीहरुले जितको भिसा भने नलिइकनै आएको देखिएको छ । 

जसका कारण साविक विजेता १० टोलीमध्ये नवौँ स्थानमा छ र सेमिफाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिन केवल अंकगणितमात्र कुरिरहेको छ । 

२५ औँ खेलमा श्रीलंकासँग निरीह प्रदर्शन गर्दै ८ विकेटले पराजित भएसँगै इङ्गल्याण्ड सेमिफाइनलको होडबाट बाहिरिएको हो ।

उक्त खेलमा इङ्गल्याण्डले ३३.२ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनायो । जवाफमा श्रीलंकाले २५.४ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । अर्थात् मात्र ५९ ओभरको खेल भयो । 

अबका हरेक खेल सबैका लागि महत्वपूर्ण छन् । आफू सेमिफाइनल पुग्ने सम्भावनाबाट टाढिएका टिमलेसमेत माथिल्लो स्थानमा रहेका टिमको समीकरण बदल्न सक्ने भएकाले अबका हरेक खेल महत्वपूर्ण रहेका हुन् । 

झिनो आशा बाँकी रहेका टिमका लागि अबका हरेक खेल फाइनल सरह हुन् । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ५ खेलबाट ६ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

श्रीलंका ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित बंगलादेश आठौँ स्थानमा छ । 

५ खेलबाट २ अंकसहित इङ्गल्याण्ड नवौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स दशौँ स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ