arrow

कांग्रेसको चियापानमा शीर्ष नेताहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ११ शनिबार
deuba-oli-ishwor.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सबै जसो दलका शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस सभापतिले बोलाएको चियापान आदाप्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साथै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागी भएका थिए । 

एमालेबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरु प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा र विष्णु रिमाललगायतका नेता सहभागी भए ।  

कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो ।  

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको थियो ।

बीपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान शु गरेको हो । 

congress-tea-time-2080-07-11 (18).jpg
congress-tea-time-2080-07-11 (19).jpg
congress-tea-time-2080-07-11 (20).jpg
congress-tea-time-2080-07-11 (21).jpg
congress-tea-time-2080-07-11 (22).jpg
congress-tea-time-2080-07-11 (1).jpg
congress-tea-time-2080-07-11 (2).jpg
congress-tea-time-2080-07-11 (3).jpg
congress-tea-time-2080-07-11 (4).jpg
congress-tea-time-2080-07-11 (5).jpg
congress-tea-time-2080-07-11 (6).jpg
congress-tea-time-2080-07-11 (7).jpg
congress-tea-time-2080-07-11 (8).jpg
congress-tea-time-2080-07-11 (9).jpg
congress-tea-time-2080-07-11 (10).jpg
congress-tea-time-2080-07-11 (11).jpg
congress-tea-time-2080-07-11 (12).jpg
congress-tea-time-2080-07-11 (13).jpg
congress-tea-time-2080-07-11 (14).jpg
congress-tea-time-2080-07-11 (15).jpg
congress-tea-time-2080-07-11 (16).jpg
congress-tea-time-2080-07-11 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ