arrow

केरलमा प्रार्थना सभामा तीन विष्फोट, एकको मृत्यु, २५ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
blast-keral-2023-10-29.jpg

काठमाडौँ । भारतको केरलस्थित एक सम्मेलन केन्द्रमा विष्फोट भएको छ । बिहान भएको तीन विष्फोटमा एक महिलाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

रिपोर्टअनुसार कलामसेरीमा भएको उक्त घटना झण्डै दुई हजार मानिसहरु प्रार्थना गरिरहँदा पाँच मिनेटभित्रै तीन विष्फोटका धमाका भएका हुन् । 

घटनास्थल आसपास ठूलो संख्यामा यहुदी समुदाय बस्दै आएको छ । घटनापछि एर्नाकुलमका सबै अस्पताल अलर्ट गरेर राखिएको छ ।

चिकित्सकहरुको छुट्टी रद्द गरिएको छ । दुई दिन पहिले हमासको समर्थनमा र्याली भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ