arrow

प्याजको निर्यात मूल्य प्रतिटन आठ सय अमेरिकी डलर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
onion.jpg

काठमाडौँ । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलर को निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । 

संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

उक्त निर्णयसँगै सरकारले प्याजको मूल्य स्थीर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने पाँच लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ