arrow

भिजियानगरममा दुई रेल एक आपसमा ठोक्किँदा नौको मृत्यु, ४० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
train-crash-2023-10-29.jpg

नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुई ओटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन् ।  

यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन् । मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम– पलासा यात्री र ०८५०४ विशाखापट्टनम– रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। 

 यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा–चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ