arrow

गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
parliament-2080-07-14z.jpg

काठमाडौँ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभाुमख देवराज घिमिरेले प्रस्तुत गरेको उक्त धन्यवाद प्रस्तावलाई बैठकले सहमति दिएको थियो । चार दिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले सगरमाथा, अन्नपूर्ण आधारशिविर, पोखरा, लुम्बिनीको भ्रमण गरिसकेका छन् ।

आइतबार नेपाल आइपुगेका उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख राष्ट्रिय सभाका अध्यक्षलगायत राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गरिसकेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका महासचिव गुटेरेसले शान्ति प्रक्रिया र जलवायु परिवर्तनका विषयलाई प्राथमिकतामा राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ