arrow

मुख्यमन्त्री गोल्डकपका लागि नीतिगत निर्णय गर्छौं : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
Dilli pd chaudhari lumbini.jpg

जानकी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताएका छन् । 

बाँकेको कोहलपुर नगरपालिका-२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता-२०८०’ को उद्घाटन सत्रमा आज मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताए ।

उनले खेल क्षेत्रको कुनै जात धर्म नहुने भन्दै समूहमा एकता भयो भने मात्र टिमको बिजय हुने बताए । 

“खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सद्भाव कायम गर्छ”, उनले भने, “खेलमा विजयी प्राप्त गर्नका लागि टिममा एकताको भावना हुन आवश्यक छ ।”

लुम्बिनी खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमा कसैले पनि राजनीतिक हस्तक्षेप गर्नु नहुने बताए । 

खेल र खेलाडी राष्ट्रका गहना भएकाले खेल क्षेत्रलाई स्वतन्त्र रुपले  सहयोग गर्न र खेलाडीलाई हौसला प्रदान गर्न उनले सुझाव दिए । 

सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको आर्थिक सहयोगको लागि कृतज्ञता ज्ञापन गरे । 

साथै उनले आगामी दिनमा व्यावसायिक खेलाडी जन्माउन चुनौती भएको बताए । 

नगर प्रमुख आर्चायले खेलाडीका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन सत्रको क्रममा प्रदेश समाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रतियोगिताले यस क्षेत्रको खेल विकासलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । 

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सुदूरपश्चिम-११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहरा क्लब कोहलपुर, विएफसी चितवन क्लब, एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी छन् । 

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका ए डिभिजनका सात क्लब सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु आठ लाख, दोस्रो हुनेलाई रु चार लाखसहित ट्रफी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ