arrow

भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
india-flag.jpg

काठमाडौँ । भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । 

भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । जुन सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो । जुन सन् २०२१ को मे यताकै उच्चस्तर हो । 

ग्रामीण क्षेत्रहरू यसबाट बढी प्रभावित भएका छन् । अक्टोबरमा ग्रामीण बेरोजगारी दर १०.८२ प्रतिशतमा पुगेको छ ।

 ५ वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ