arrow

कोशी सरकारले भूकम्प पीडितलाई एक करोड सहयोग गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg
तस्बिर : फाइल

विराटनगर। कोशी प्रदेश सरकारले भूकम्प पीडितहरूका लागि १ करोड सहयोग दिने भएको छ। जाजरकोटलाइ केन्द्र बनाएर गए राती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद् कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेक्स, कम्बललगायतका अति आवश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरु भएको छ.

मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भूकम्प पीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पुरा गरिएको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ