arrow

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
nepali-congress-flag.jpg

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिए । 

विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । कांग्रेसको विधानअनुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो । 

 सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुने तयारी थियो । यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ