संसदमा यस्तो रह्यो विश्वप्रकाश शर्माको पहिलो अनुभव [भिडियो]
वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियो
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
624
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले आफ्नो पहिलो पटकको सांसद अनुभव सुनाएका छन् । सांसद शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताए । दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताए।
महामन्त्री शर्माले सांसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे । उनले संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छीपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनले पनि काम गरेको बताए । उनले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनहरूलाई चाहिँ अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मा बोध भएको पनि पटक पटक दोहोराए ।
महामन्त्री शर्माले नयाँ भनिएका दलहरूको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको पनि बताए ।