arrow

जन्मदिनमा विराटले बनाए शतक, सचिनको बराबरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
virat-kohli-2023-11-05.jpg

काठमाडौँ । भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आफ्नो जन्मदिनमा शतक बनाएका छन् । आफ्नो जन्मदिनमा शतक बनाउने उनी पहिलो भारतीय खेलाडी हुन् । 

भारतमा जारी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध इडेन गार्डेनमा भएको खेलमा विराटले शतक बनाउँदै एक दिवसीयको ४९ औँ शतक पूरा गरेका हुन् । 

योसँगै विराटले कीर्तिमानी सचिन तेन्दुलकरको शतकको बराबरी गरेका छन् । उनी जन्मदिनमा शतक बनाउने पहिलो भारतीय र सातौँ विश्वका खेलाडीसमेत बनेका छन् । 

विराट विश्वमै विश्वकपमा १५ सय रन पूरा गरेर चौथो स्थानमा छन् । सचिन तेन्दुलकर२२७८ रनसहित शीर्ष स्थानमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ