arrow

भूकम्प पीडितका लागि वाणगंगाद्वारा सहयोग घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
baadganga-metro.jpg

कपिलवस्तु । वाणगंगा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने भएको छ । 

आइतबार आकस्मिक रूपमा बसेको नगरको बैठकले भूकम्प पीडितहरूको लागि उक्त रकम सहयोग गर्ने बताएको हो ।

त्यस्तै नगर प्रमुख चक्रपाणि अर्यालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानवीय सङ्कट लाई पार लगाउनको लागि विभिन्न सङ्घ संस्था तथा सम्पूर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले जनस्तरबाट प्राप्त हुने सहयोगलाई नगरको ५ लाखमा थपेर सरकारको राहत तथा पुनर्स्थापना खातामा जम्मा गरिदिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ