arrow

सीडीओहरू मन्त्री र सांसदको चाकडीमा, भूकम्प पीडित राहतको पर्खाइमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
dolprasad-new.jpg

काठमाडौँ । रुकुम- जाजरकोटका सीडीओहरुले मन्त्री र सांसदहरूलाई मात्रै स्वागत गर्नुपरेपछि भूकम्प पीडितलाई राहत वितरण गर्ने कुरामा समस्या आएको छ । 

लगातार  मन्त्री र सांसदहरू भूकम्प प्रभावित स्थानमा गएपछि सीडीओ चाकडीमा लागेसँगै प्रभावितहरूलाई राहतमा समस्या भएको हो । 

भूकम्प गइसकेपछि अब केही पनि उच्च पदस्थ अधिकारी गएर काममा अल्झाउनु भन्दा काम गर्न दिँदा वेश हुने भन्दै सामाजिक सञ्जालहरूमा आक्रोश भइरहेको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिनभर नै जाजरकोट र रुकुम पश्चिममा रहेका थिए । त्यसपछि अरू कोही जानु आवश्यक थिएन । मन्त्रीहरू गएको देखेर स्थानीयहरू जो पीडितको सेवाका लागि खटिएका छन् उनीहरू आक्रोशित हुँदै आएका छन् ।

आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं पूर्व मन्त्री डोलप्रसाद अर्यालले सो कुरा राखेका छन् । 

उपसभापति अर्यालले मन्त्री र सांसदहरूलाई स्वागत गर्न दुई जना सहसचिव पठाएर भए पनि भूकम्प पीडितलाई राहत दिने काममा सीडीओहरुलाई लगाउन पनि सरकारलाई सचेत गराएका छन्। 

त्यस विषयमा  समाधानका लागि सुझाव दिन गृहमन्त्रीलाई भेट्न खोज्दा समेत समय नपाएको समितिमा उनले गुनासो गरेका छन् । 

मन्त्री र सांसद नै गइसकेपछि सीडीओले नैतिकताका आधारमा स्वागत गर्न जाँदा समस्या भएकाले उनीहरूले मुखै फोडेर भन्न त सकेका छैनन् तर कम्तीमा बुझ्नेले बुझ्नु पर्नेमा भने नेता कार्यकर्ताहरू जोड दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ