- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको नवौँ चरणका खेलहरु भइरहेका छन् । अब मात्र चार खेल बाँकी छन् । त्यसपछि सेमिफाइनल खेल हुन्छन् र फाइनल ।
अहिलेसम्म सेमिफाइनलमा पुग्ने तीन टिमको निश्चित भइसकेको छ । सेमिफाइनलमा पहिलो र चौथो टिम तथा दोस्रो र तेस्रो टिम भिड्छन् ।
यसका आधारमा पहिलो टिम भारत हो भने चौथो टिम न्यूजिल्याण्ड वा पाकिस्तान हुनेछ । रन रेटमा पाकिस्तान भन्दा अफगानिस्तान तल भएकाले अफगानिस्तानको सेमिफाइनल सम्भावना नगन्य बराबर छ ।
दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका र अष्ट्रेलिया रहने भएकाले सेमिफाइनलमा यी टिम नै भिड्ने छन् ।
सेमिफाइनलमा पुग्ने चौथो टिमको टुङ्गो शनिबार रातिमात्र लाग्नेछ । आफ्नो अन्तिम खेलमा पाकिस्तानले इङ्गल्याण्डसँग खेलेसँगै सेमिफाइनलको टुंगो लाग्ने भएको हो ।
पहिले अंक तालिका हेरौँ –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ८ खेलबाट १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ ।
८ खेलबाट १२ अंकसहित अष्ट्रेलिया तेस्रोे स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ ।
पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ । अफगानिस्तान ७ खेलबाट ८ अंकसहित छैटौँँँ स्थानमा रहेको छ ।
इङ्गल्याण्ड ८ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ ।
बंगलादेश ८ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ८ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ ।
नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ ।
पाकिस्तान सेमिफाइनलमा पुग्न के गर्नुपर्छ ?
यो तालिका हेर्दा न्यूजिल्याण्डले सबै खेल खेलेर १० अंक बटुलेको छ र उनको रनरेट ०.७४३ रहेको छ ।
पाकिस्तानको ८ अंक छ र रनरेट ०.०३६ रहेको छ ।
यो अवस्थामा रन रेट न्यूजिल्याण्डको निकै राम्रो छ । त्यसैले पाकिस्तानले आफ्नो अन्तिम खेलमा इङ्गल्याण्डमाथि सामान्य जित हासिल गरेरमात्र पुग्दैन ।
पाकिस्तानले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सकेमात्र इङ्गल्याण्डमाथि अविश्मरणीय जित हासिल हुन सक्छ । अनि उछिन्नेछ न्यूजिल्याण्डलाई रनरेटमा ।
शनिबारको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने हो भने इङ्गल्याण्डलाई २८७ रनको अन्तरले हराएमात्र न्यूजिल्याण्डको भन्दा राम्रो रनरेटसहित सेमिफाइनलमा पुग्नेछ ।
त्यसैगरी तर यदि इङ्गल्याण्डले पहिले ब्याटिङ गर्यो भने पाकिस्तानले १६ बलमै अर्थात् २८४ बल बाँकी छँदै जित हासिल गर्न सक्ने हो भने पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।
क्रिकेटमा असम्भव केही छैन । किनकि सबै विकेट ढल्नलाई १० बल काफी हुनेछ । त्यस्तै एक इनिङ्समा ३०० बल हुन्छ । त्यसमाथि कहिलेकाहिँ अधिक नो बल र वाइड बल पनि फ्याँकिन्छ ।
विश्वकपमा अहिलेसम्मको उच्च योगफल यसै विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४२८ रन बनाएको थियो । शुरुआती आक्रमण हेर्दा ५०० रनसम्म पुग्ने अवस्था पनि देखिएको थियो ।
त्यसैले रन ५०० पनि बनाउन सकिने रहेछ । यसलाई आधार मान्ने हो भने पाकिस्तानले आवश्यकताअनुसारको जित हासिल गर्ने सम्भावना उत्तिकै छ ।
त्यस्तै पाकिस्तानले नहार्ने भन्ने त प्रश्नै छैन । जति पाकिस्तानको जित्ने सम्भावना छ त्यत्तिकै सम्भावना छ साविक विजेता इङ्गल्याण्डको पनि ।
बाँकी मेहनत र भाग्य दुवैमा भर पर्नेछ । भाग्यले साथ दियो भने पाकिस्तानले यो खेलमा कीर्तिमान रच्न बेर हुने छैन । र फेरि सँगसँगै इङ्गल्याण्डलाई कीर्तिमान बनाउन पनि सकैले रोक्न सक्नेछैन ।
पाकिस्तान भन्दा अफगानिस्तानको रन रेट अझ कमजोर छ । अहिले अफगानिस्तानको रन रेट –०.३३८ रहेको छ । जसले गर्दा अफगानिस्तानले जतिसुकै ठूलो जित हासिल गर्दा पनि एउटै खेलबाट न्यूजिल्याण्डलाई जित्न सक्ने अवस्था रहँदैन ।
त्यसमा पनि अफगानिस्तानको प्रतिस्पर्धा दक्षिण अफ्रिकासँग हुँदैछ । तर एउटा भुल्न चाहिँ के हुँदैन भने पाकिस्तानले न्यूजिल्याण्डलाई गत शनिबार हराउन सक्ने सम्भावना निकै कम थियो ।
पाकिस्तानले ४०२ रनको चुनौती पछ्याउँदै थियो । २५.३ ओभरमा १ विकेटको क्षतिमा २०१ रन बनाउँदा वर्षा हुँदा डक वर्थ लेविस नियमानुसार २१ रनले जित हासिल गर्यो ।
यसलाई आधार बनाउँदा पनि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन भए पनि असम्भव भने छैन ।