arrow

अष्ट्रेलिया र बंगलादेश मैदानमा, बंगलादेश ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
worldcup-2023-aus-bang.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ४३ औँ खेलमा अहिले अष्ट्रेलिया र बंगलादेश खेलिरहेका छन् । पुनेको मैदानमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गरिरहेको छ । 

बंगलादेशले संयमित ब्याटिङ गरिरहेको छ । यो खेल फराकिलो अन्तरले जित्दा अष्ट्रेलिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुग्नेछ । 

यता बंगलादेशले यो खेल जित्दा शीर्ष आठभित्रै रहेर कम्तीमा च्याम्पियन्स ट्रफी खेल्नलाई सुरक्षित हुनेछ । यो खेलमा कम रन वा विकेटले पराजित हुँदा पनि बंगलादेश शीर्ष आठभित्र रहन सक्नेछ । 

यो खेलमा बंगलादेशका नियमित कप्तान शकिब उल हसन खेलेका छैनन् । 

आजको दोस्रो खेलमा पाकिस्तान र इङ्गल्याण्ड खेल्दैछन् । दिउँसो २ः१५ बजे इडेन गार्डेनमा यो खेल शुरु हुनेछ । यो अबका खेलहरुमध्येको सबैभन्दा प्रतिक्षित खेल हो । किनकि यो खेलबाट सेमिफाइनलमा पुग्ने चौथो टिमको टुंगो लाग्नेछ । 

अहिलेसम्म सेमिफाइनलमा पुग्ने तीन टिमको निश्चित भइसकेको छ । सेमिफाइनलमा पहिलो र चौथो टिम तथा दोस्रो र तेस्रो टिम भिड्छन् । 

यसका आधारमा पहिलो टिम भारत हो भने चौथो टिम न्यूजिल्याण्ड वा पाकिस्तान हुनेछ । 

दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका र अष्ट्रेलिया रहने भएकाले सेमिफाइनलमा यी टिम नै भिड्ने छन् । 

सेमिफाइनलमा पुग्ने चौथो टिमको पाकिस्तानले इङ्गल्याण्डसँग खेलेसँगै लाग्ने भएको हो । 

पहिले अंक तालिका हेरौँ –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

८ खेलबाट १२ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । आजको बंगलादेशसँगको खेलपछि अष्ट्रेलिया तेस्रोमै रहने वा दोस्रोमा पुग्ने टुंगो लाग्छ । 

८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौैँ स्थानमा रहेको छ । 

इङ्गल्याण्ड ८ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ८ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । 

श्रीलंका९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 

पाकिस्तान सेमिफाइनलमा पुग्न के गर्नुपर्छ ? 
यो तालिका हेर्दा न्यूजिल्याण्डले सबै खेल खेलेर १० अंक बटुलेको छ र उनको रनरेट ०.७४३ रहेको छ । 

पाकिस्तानको ८ अंक छ र रनरेट ०.०३६ रहेको छ । 

यो अवस्थामा रन रेट न्यूजिल्याण्डको निकै राम्रो छ । त्यसैले पाकिस्तानले आफ्नो अन्तिम खेलमा इङ्गल्याण्डमाथि सामान्य जित हासिल गरेरमात्र पुग्दैन । 

पाकिस्तानले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सकेमात्र इङ्गल्याण्डमाथि अविश्मरणीय जित हासिल हुन सक्छ । अनि उछिन्नेछ न्यूजिल्याण्डलाई रनरेटमा । 

शनिबारको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने हो भने इङ्गल्याण्डलाई २८७ रनको अन्तरले हराएमात्र न्यूजिल्याण्डको भन्दा राम्रो रनरेटसहित सेमिफाइनलमा पुग्नेछ । 

त्यसैगरी तर यदि इङ्गल्याण्डले पहिले ब्याटिङ गर्यो भने पाकिस्तानले १६ बलमै अर्थात् २८४ बल बाँकी छँदै जित हासिल गर्न सक्ने हो भने पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । 

क्रिकेटमा असम्भव केही छैन । किनकि सबै विकेट ढल्नलाई १० बल काफी हुनेछ । त्यस्तै एक इनिङ्समा ३०० बल हुन्छ । त्यसमाथि कहिलेकाहिँ अधिक नो बल र वाइड बल पनि फ्याँकिन्छ । 

विश्वकपमा अहिलेसम्मको उच्च योगफल यसै विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४२८ रन बनाएको थियो । शुरुआती आक्रमण हेर्दा ५०० रनसम्म पुग्ने अवस्था पनि देखिएको थियो । 

त्यसैले रन ५०० पनि बनाउन सकिने रहेछ । यसलाई आधार मान्ने हो भने पाकिस्तानले आवश्यकताअनुसारको जित हासिल गर्ने सम्भावना उत्तिकै छ । 

त्यस्तै पाकिस्तानले नहार्ने भन्ने त प्रश्नै छैन । जति पाकिस्तानको जित्ने सम्भावना छ त्यत्तिकै सम्भावना छ साविक विजेता इङ्गल्याण्डको पनि । 

बाँकी मेहनत र भाग्य दुवैमा भर पर्नेछ । भाग्यले साथ दियो भने पाकिस्तानले यो खेलमा कीर्तिमान रच्न बेर हुने छैन । र फेरि सँगसँगै इङ्गल्याण्डलाई कीर्तिमान बनाउन पनि सकैले रोक्न सक्नेछैन । 

पाकिस्तान भन्दा अफगानिस्तानको रन रेट अझ कमजोर छ । अहिले अफगानिस्तानको रन रेट –०।३३८ रहेको छ । जसले गर्दा अफगानिस्तानले जतिसुकै ठूलो जित हासिल गर्दा पनि एउटै खेलबाट न्यूजिल्याण्डलाई जित्न सक्ने अवस्था रहँदैन ।

त्यसमा पनि अफगानिस्तानको प्रतिस्पर्धा दक्षिण अफ्रिकासँग हुँदैछ । तर एउटा भुल्न चाहिँ के हुँदैन भने पाकिस्तानले न्यूजिल्याण्डलाई गत शनिबार हराउन सक्ने सम्भावना निकै कम थियो ।

पाकिस्तानले ४०२ रनको चुनौती पछ्याउँदै थियो । २५.३ ओभरमा १ विकेटको क्षतिमा २०१ रन बनाउँदा वर्षा हुँदा डक वर्थ लेविस नियमानुसार २१ रनले जित हासिल गर्यो ।

यसलाई आधार बनाउँदा पनि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन भए पनि असम्भव भने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ