arrow

पाकिस्तान निरीह, दोस्रो इनिङ्स खेल्नुअघि नै सेमिफाइनलमा पुग्न नसक्ने पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २५ शनिबार
worldcup-2023-pak-eng-j.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिले पाकिस्तान र इङ्गल्याण्ड भिडिरहेका छन् । इडेन गार्डेनमा अविश्वसनीय जित हासिल गरेमात्र सेमिाफाइनलमा पुग्ने पाकिस्तान सामान्य जित पनि हासिल गर्नेमा शंका भएको छ । योसँगै पाकिस्तान दोस्रो इनिङ्स खेल्न नपाइ विश्वकपबाट बाहिरिने पक्का भएको हो । 

इङ्गल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ३३७ रन बनायो । बेन स्टोक्सले ८४, जो रुटले ६० तथा जोनी बेयरस्ट्रोले ५९ रन बनाए । 

हरिस राउफले ३ तथा शहिन शाह अफ्रिदी र मोहम्मद वासिमले समान २–२ विकेट लिए । 

यो खेलबाट सेमिफाइनलमा पुग्ने चौथो टिमको टुंगो लाग्ने भएकामा पाकिस्तानले कमजोर बलिङ गरेसँगै पाकिस्तान सेमिफाइनलबाट बाहिरिने पक्का भएको हो । 

पाकिस्तान बाहिरिने भएसँगै न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको छ । 

यसका आधारमा पहिलो टिम भारत हो भने चौथो टिम न्यूजिल्याण्ड भएको छ । 

दोस्रो र तेस्रो स्थानमा दक्षिण अफ्रिका र अष्ट्रेलिया रहने भएकाले सेमिफाइनलमा यी टिम नै भिड्ने छन् । 

पहिले अंक तालिका हेरौँ –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

८ खेलबाट १२ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । आजको बंगलादेशसँगको खेलपछि अष्ट्रेलिया तेस्रोमै रहने वा दोस्रोमा पुग्ने टुंगो लाग्छ । 

८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ८ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ८ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 

पाकिस्तान सेमिफाइनलमा पुग्न के गर्नुपर्दथ्यो ? 
यो तालिका हेर्दा न्यूजिल्याण्डले सबै खेल खेलेर १० अंक बटुलेको छ र उनको रनरेट ०.७४३ रहेको छ । 

पाकिस्तानको ८ अंक छ र रनरेट ०.०३६ रहेको छ । 

यो अवस्थामा रन रेट न्यूजिल्याण्डको निकै राम्रो छ । त्यसैले पाकिस्तानले आफ्नो अन्तिम खेलमा इङ्गल्याण्डमाथि सामान्य जित हासिल गरेरमात्र पुग्दैन । 

पाकिस्तानले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्न सकेमात्र इङ्गल्याण्डमाथि अविश्मरणीय जित हासिल हुन सक्छ । अनि उछिन्नेछ न्यूजिल्याण्डलाई रनरेटमा । 

शनिबारको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्ने हो भने इङ्गल्याण्डलाई २८७ रनको अन्तरले हराएमात्र न्यूजिल्याण्डको भन्दा राम्रो रनरेटसहित सेमिफाइनलमा पुग्ने थियो । 

तर पहिले ब्याटिङ नगरेकाले अब दोस्रो विकल्प रहेको छ । इङ्गल्याण्डले पहिले ब्याटिङ गरिरहँदा १०० रन भित्रै अलआउट गर्नुपर्ने हुन्छ । त्यसैगरी पाकिस्तानले १६ बलमै अर्थात् २८४ बल बाँकी छँदै जित हासिल गर्न सक्ने हो भने पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । 

क्रिकेटमा असम्भव केही छैन । किनकि सबै विकेट ढल्नलाई १० बल काफी हुनेछ । त्यस्तै एक इनिङ्समा ३०० बल हुन्छ । त्यसमाथि कहिलेकाहिँ अधिक नो बल र वाइड बल पनि फ्याँकिन्छ । 

बाँकी मेहनत र भाग्य दुवैमा भर पर्नेछ । भाग्यले साथ दियो भने पाकिस्तानले यो खेलमा कीर्तिमान रच्न बेर हुने छैन । र फेरि सँगसँगै इङ्गल्याण्डलाई कीर्तिमान बनाउन पनि कसैले रोक्न सक्नेछैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ