arrow

टिकटक बन्द गर्ने निर्णय सरकारको उल्टो कदम: गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
gagan-thapa-2080-07-02.jpg

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल साइट टिकटक बन्द गर्ने सरकारको निर्णय उल्टो कदमका रूपमा व्याख्या गरेका छन्। उनले भनेका छन्- ' सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।'

सरकारले सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गर्नु परेको बताएको छ। मन्त्रिपरिषद्बाट उक्त निर्णय सरकारले पारित गरेको हो। महामन्त्री थापाले सरकारको नियत माथि प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ' यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत 'अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता' लाई कुण्ठित गर्ने देखियो।'

उनले यो निर्णय सरकारले सच्याउनु पर्ने बताएका छन्। सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा सरकारको निर्णय प्रति समर्थन र विरोध दुवै भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ