arrow

यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय

नेपालमा टिकटक बन्द गर्ने निर्णय [भिडियो]

८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
rekahasharma-new.jpg

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय पनि गरेको छ । टिकटकमार्फत लगातार सामाजिक सद्भाव बिथोल्न थालिएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन् – ‘लगातार सामाजिक सञ्जाल टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोलिने गरेर र विभिन्न हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल हुने गरी लगातार प्रचारप्रसार भइरहेका छन् यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरेको छ । यसको निम्ति हामीले निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने भन्ने निर्णय भएको छ । प्राविधिक रूपमा साथीहरू लागिरहनु भएको छ । प्राविधिक रूपमा यो आजैबाट पनि सम्भव हुनसक्छ । यसको लागि सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण तयारीमा गइसक्नुभएको छ ।’

बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । 

साथै सरकारले चालु आर्थिक वर्ष २०८०-८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुटाइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । 

बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुटाइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको हो । त्यस्तै थप १ अर्ब ७५ करोड रुपैयाँ समेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको शर्माले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ