arrow

भारतीय खेलाडीलाई सेमिफाइनलमा हार्ने भय, यस्तो छ कारण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
worldcup-2023-ind-nz.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । बुधबार शीर्ष स्थानमा रहेर लिग चरण सकाएको भारत र चौथो स्थानमा रहेको न्यूजिल्याण्ड खेल्दैछन् । खेल वाङ्खेडेको मैदानमा दिउँसो २ः१५ बजेदेखि शुरु हुनेछ । 

यो खेललाई लिएर भारतभर चिन्ता छाएको छ । भारतले पछिल्लो १० वर्षमा आठ ओटा मुख्य स्पर्धाका सेमिफाइनल र फाइनल हारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीका ८६ प्रतिशत लिग जिते पनि नकआउट चरणमा ८९ प्रतिशतमा भारत असफल भएको छ । 

सन् २०१९ को १० जुलाईमा इङ्गल्याण्डको ओल्ड ट्राफोर्डको मैदानमा भएको विश्वकपको सेमिफाइनलमा भारत इङ्गल्याण्डसँग १८ रनले पराजित भएको थियो । 

सन् २०१३ को च्याम्पियन्स ट्रफी जितेपछि भारतले त्यो पाँचौँ मौका गुमाएको थियो जहाँ भारत सेमिफाइनल वा फाइनलमा हारिसकेको थियो । 

पछिल्ला १० आईसीसीका अलग अलग ९ प्रतियोगितामा भारत ८ पटक नकआउट चरणमा हारिसकेको छ । 

अब यसलाई आधार बनाउँदा बुधबारको खेल पनि भारतका लागि ढुकढुकी बढाउने खेल भइरहेको छ । हुन त भारतले न्यूजिल्याण्डमाथि यो विश्वकपमा लिग चरणमा जित हासिल गरिसकेको छ । 

तर नकआउट चरणमा ‘फियर अफ फेलियर’ अर्थात् खेलअघि नै हार्ने डरले जरो गाडेको छ । 

विश्वकपमा भारत सन् १९७५ देखि १९८३ सम्मको लेखाजोखा गर्दा शुरुआती दुई प्रतियोगितामा नकआउट चरणमै पुगेन । सन् १९८३ मा नकआउटमा मात्र पुगेन विश्वकप नै जित्यो । 

सन् १९८४ देखि २००६ सम्म ११ प्रतियोगितामा ५ ओटामा सेमिफाइनल या फाइनलमा हार्यो । एक खेलमा भने वर्षाले खेल पूरा नहुँदा भारत संयुक्त विजेता बन्यो । 

सन् २००७ देखि २०१३ सम्म हेर्दा भारतले २००७ मा टी–२० विश्वकप, २०११ को एक दिवसीय विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफीसम्म गरी सात आईसीसीका प्रतियोगितामा भाग लिँदा तीन ओटा उपाधि जित्यो । 

सन् २०१४ देखि २०२३ सम्मको आजको मितिसम्मको अवस्था हेर्दा भारतले ९ मध्ये ८ आईसीसीका प्रतियोगितामा नकआउटमा पुगेको छ तर एक पटक पनि उपाधि जितेको छैन । 

यही हारको डर बुधबारको खेलमा न्यूजिल्याण्डविरुद्ध पनि हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ । 

त्यस्तै दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

सेमिफाइनलमा पुग्ने दुई टिम अष्ट्रेलिया र भारत पूर्व विजेता हुन् भने दक्षिण अफ्रिका र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेका छैनन् । 

अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा विश्वकप नजितेका दुवै टिमले जित्ने हो भने नयाँ च्याम्पियन बन्नेछ । 

वर्षा भए के हुन्छ ?
अहिलेसम्म केही खेलमा मात्र वर्षाले असर गरेको छ । डक वर्थ लेविस नियमानुसार खेल सम्भव भएको छ । तर सेमिफाइनल र फाइनलमा वर्षा भए के हुन्छ ? 

सेमिफाइनलको नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ । 

यदि सेमिफाइनलमा एक दिनमा खेल पूरा भएन भने अर्को दिन जहाँ रोकिएको थियो त्यहीँबाट अगाडि बढ्ने छ । 

रिजर्भ डे मा पनि खेल पूरा हुन सकेन भने लिग चरणको अंक तालिकाका आधारमा विजेता घोषित गरिने छ । 

यदि भारत र न्यूजिल्याण्डबीचको खेल सम्भव भएन भने अंकका आधारमा भारत फाइनलमा पुग्नेछ । 

त्यसैगरी अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पूरा हुन नसके अंकका आधारमा दक्षिण अफ्रिका फाइनलमा पुग्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ