arrow

विराट कोहली बने विश्वकै सबैभन्दा बढी शतक बनाउने खेलाडी, तोडियो सचिनको रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
virat-kohli-2023-11-15.jpg

काठमाडौँ । भारतीय क्रिकेट खेलाडी विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी भएका छन् । 

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै विराट सबैभन्दा बढी ५० शतक बनाउने खेलाडी बनेका हुन् । 

उनले भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । १२ वर्षसम्म सचिनको नाममा ४९ शतकको कीर्तिमान रहेको थियो । 

तर कोहलीले लगातार शतक प्रहार गर्दै सचिनलाई उछिनेका हुन् । 

मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै आक्रामक प्रदर्शन प्रदर्शन गर्ने क्रममा कोहलीले शतक पूरा गर्दै शतकमा अर्धशतक बनाएका हुन् । 

उनले विश्वकपको एकै संस्करणमा ५० रन भन्दा बढी आठ पटक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि सचिन र बंगलादेशी खेलाडी शकिब अल हसनको नाममा ७–७ वटा ५० रन भन्दा माथिको रेकर्ड थियो । 

त्यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि कोहलीले राखेका छन् । उनले २० वर्षअघि सचिनले राखेको कीर्तिमान तोडेका हुन् । सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए । 

कोहलीले उक्त रेकर्ड पनि आफ्नो नाममा लेखाएका छन् । कोहलीले ७११ रन बनाइसकेका छन् ।

कोहलीले एक दिवसीयमा सबैभन्दा बढी ५० प्लस रन बनाउने कीर्तिमानमा पनि दोस्रो स्थान हासिल गरेका छन् । कोहलीले श्रीलंकाली खेलाडी कुमार सांगाकाराको नाममा रहेको २१६ पटक ५० प्लस रनको कीर्तिमान तोडेर २१७ पटक यो कीर्तिमान राखेका हुन् । यो मामलामा शीर्ष स्थानमा भने सचिन नै रहेका छन् । सचिनले २६४ पटकको कीर्तिमान बनाएका छन् । 

विराट एक दिवसीयमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा पुगेका छन् । उनले अष्ट्रेलियाका खेलाडी रिक्की पोन्टिङको नाममा रहेको १३ हजार ७०४ रन पार गरेका हुन् । 

दोस्रो स्थानमा रहेका सांगाकाराको १४ हजार २३४ रन छ भने सचिनको नाममा १८ हजार ४२६ रन रहेको छ । 

विराट विश्वकपको एकै सिजनमा ६०० बढी रन बनाउने तेस्रो भारतीय पनि हुन् । यसअघि सचिन र रोहित शर्माले यो रेकर्ड बनाएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ