arrow

गाउँपालिका अध्यक्ष धामी चढेको गाडी दुर्घटना, चालक गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
jeep-accident-2080-07-30.jpg

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जीप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ