arrow

साङ्सीमा आगलागीमा परी कम्तीमा २५ को मृत्यु, थुप्रै घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

बेइजिङ । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । 

लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ । उक्त टीभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

यसअघि सीसीटीभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि टिभीले अस्पतालमा पुर्याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन । 

“उद्धार कार्य जारी छ र कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, सीसीटीभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ