arrow

एक सर्वसाधारणको खातामा ८२० करोड जम्मा गरिदियो भारतीय बैंकले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
uco-bank-india.jpg

नयाँदिल्ली । भारतको एउटा बैंकले सर्वसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ । भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्वसाधारणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।

युको बैंकमा लापरबाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्वीकार गरेको छ । 

 यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया शुरु गरेकोसमेत जनाएको छ ।

तर विशेष कुरा के छ भने युको बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ उठाउने प्रयास जारी रहेको छ ।

यति ठूलो गल्ती कसरी भयो भन्ने बारे बैंकले बताएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ