arrow

नरेन्द्र मोदी विश्वकप क्रिकेटको फाइनल हेर्न जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
narendra-modi-pm-india-2023.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छन् । 

प्रधानमन्त्री मोदी आइतबार अहमदाबाद पुग्नेछन् । उनी अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनलको मजा लिनेछन् । 

 यस अवधिमा दुई–तीन राज्यका मुख्यमन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री मोदीको आइतबारको गुजरात भ्रमणको पूर्ण तालिका सार्वजनिक भएको छ ।

वास्तवमा भारत र अष्ट्रेलियाबीचको विश्वकपको फाइनल खेल अहमदाबादस्थित ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’ मा हुँदैछ । १.३ लाखभन्दा बढी दर्शक क्षमता भएको यो स्टेडियम विश्वको सबैभन्दा ठूलो स्टेडियममध्ये एक हो । 

पीएम मोदी बाहेक बीसीसीआईका धेरै प्रमुख अधिकारी र अहिलेसम्म विश्वकप जितेका कप्तानहरू पनि स्टेडियममा उपस्थित हुनेछन्। भारतीय क्रिकेट टोलीको फर्मलाई हेर्दा विश्वकप जित्ने प्रबल दावेदार मानिएको छ ।

प्रधानमन्त्री मोदी आइतबार अपरान्ह करिब ४ः३० देखि ५ बजे अहमदाबाद एयरपोर्ट पुग्नेछन् । यसअघि प्रधानमन्त्रीले राजस्थानको तारानगर र झुन्झुनुमा सभालाई सम्बोधन गर्ने छन् ।

राजस्थान विधानसभा चुनावलाई ध्यानमा राख्दै उनले पहिले राजस्थानमा बैठक गर्ने र त्यसपछि गुजरात जानेछन् । उनी साँझ अहमदाबाद एयरपोर्ट पुग्नेछन् र त्यसपछि सिधा राजभवन जानेछन् । उनलाई स्वागत गर्न गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल पनि उपस्थित हुनेछन् ।

त्यसैगरी राजभवन पुगेपछि उनी आफ्नो सुविधा अनुसार साँझ ५ बजेपछि जुनसुकै समयमा ‘नरेन्द्र मोदी क्रिकेट स्टेडियम’ पुगेर विश्वकपको फाइनल खेल हेर्नेछन्  ।

विश्वकपको फाइनलमा आसाम र मेघालयलगायत राज्यका दुई–तीन मुख्यमन्त्री पनि सहभागी हुनेछन् । फाइनल खेलपछि प्रधानमन्त्री पुनः एक पटक राजभवन जानेछन्, जहाँ उनले डिनर गरी राति त्यहीँ बस्ने छन् । 

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी प्रचारका लागि सोमबार गुजरातबाट राजस्थान जानेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ