arrow

भारतलाई विश्वकप जितको कामना गर्दै प्रार्थना 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
cricket-india-worship-world.jpg
तस्बिर – एपी ।

अहमदाबाद । क्रिकेट विश्वकप फाइनल हुँदै गर्दा भारतभर क्रिकेटप्रेमीहरूले जितको कामना गर्दै प्रार्थना गरेका छन् । क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न हुँदैछ । 

भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै दुई पटकको च्याम्पियन भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ ।

प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्ने गुजरात राज्य सरकारले शनिबार जनाएको छ । क्रिकेट प्रेमीका साथसाथै उत्सवमा एयरफोर्स फ्लाईपास्ट, लाइट र लेजर शो, र इनिङ्स ब्रेकमा सयौं नर्तकहरूले बलिउड हिट गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । 

क्रिकेटमा बलियो भएता पनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ । करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।

फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ ।

शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ। होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन् ।

यो खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान जुन १ लाख ३२ हजार क्षमताको नरेन्द्र मोदी रङ्गशालामा आयोजना हुँदैछ ।

सन् २०१४ मा प्रधानमन्त्री हुनुअघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दू राष्ट्रवादी नेताको घरेलु परियोजनामध्येको यो एक रङ्गशाला परियोजना थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ