arrow

विश्वकप क्रिकेटको समापनमा चार प्रस्तुति

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
worldcup-final-2023a.jpg

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भिडन्त आइतबार हुँदेछ । अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने फाइनलको समापनको कार्यक्रम चार  प्रस्तुति हुने भएको छ । 

जसमा खेल पहिले, पहिलो इनिङ्सको ड्रिंक्स ब्रेकमा, इनिङ्स ब्रेकमा र दोस्रो इनिङ्सको ड्रिंक्स ब्रेक गरी चार पटक हुनेछ । 

यसमा बलिउडमा कम्पोजर एवं गायक प्रितम, अमित मिश्रासहित कयौँ कलाकारले आफुनो प्रस्तुति दिने भएका छन् । 

विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दैछन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले फाइनलको कार्यक्रमसमेत सार्वजनिक गरेको छ । 

जसअनुसार खेल शुरु हुनु १५ मिनेट अगाडि एयर शो हुने भएको छ । यो शो भारतीय वायु सेना (आईएएफ) को सूर्यकिरण एरोबेटिक टिमद्वारा गरिने भएको छ । 

त्यस्तै पहिलो इनिङ्सको ड्रिंक्स ब्रेकमा आदित्य गाधवीले प्रस्तुति दिनेछन् । इनिङ्स ब्रेकमा प्रितम चक्रवर्ती, जोनिता गान्धी, नकाश अजीज, अमित मिश्रा, आकाश सिंह र तुषार जोशीको प्रस्तुति रहने छ । 

त्यस्तै चौथो प्रस्तुति अन्तर्गत दोस्रो इनिङ्सको ड्रिंक्स ब्रेकमा लेजर र लाइट शो हुने भएको छ । 

विश्वकपको फाइनल हेर्न अमिताभ बच्चन, रजनीकान्त, कमल हसन, मोहनलाल, वेंकटेश, नागार्जुन, रामचरण तेजा पनि पुग्नेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ