arrow

पहिलो पटक विश्वकपमा सात उपाधि विजेता आमने सामने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
worldcup-final-2023y.jpg

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको इतिहासमा पहिलो पटक सात उपाधि जितेकाहरु आठौँ उपाधिका लागि आमने सामने भइरहेका छन् । अष्ट्रेलिया पाँच पटकको र भारत दुई पटकको विजेता हो । 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै छन् । पहिलो पटक एक लाख ३२ हजार दर्शकले प्रत्यक्ष रंगशालामा उपस्थित भएर फाइनल हेर्दैछन् । यसअघि यो कहिल्यै भएको थिएन । 

अहिलेसम्म चार उपाधि विजेतालेमात्र फाइनलमा उपाधि भिडन्त गरेका थिए । यसअघि सन् २००७ मा अष्ट्रेलिया र श्रीलंकाबीच फाइनल भिडन्त भएको थियो । त्यतिबेला अष्ट्रेलिया ३ तथा श्रीलंका एक पटकको विजेता थियो । 

सन् २०१५ मा पनि चार उपाधि विजेता फाइनलमा भिडेका थिए । त्यतिबेला अष्ट्रेलियामात्र चार उपाधि विजेता थियो भने न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

पछिल्लो विश्वकपमा भने पहिलो पटक उपाधि विजेताविहीनहरुले फाइनल खेले थिए । जसमा न्यूजिल्याण्डमाथि इङ्गल्याण्डले बाजी मारेको थियो । 

सन् १९८७ र सन् १९९२ को फाइनलमा पनि यस्तै भएको थियो । जहाँ १९८७ मा अष्ट्रेलिया र इङ्गल्याण्ड तथा सन् १९९२ मा पाकिस्तान र इङ्गल्याण्ड फाइनलमा भिडेका थिए । दुवै संस्करणका फाइनलिष्टहरु उपाधिविहीन थिए । 

विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले ५, भारत र वेष्ट इन्डिजले २–२ तथा पाकिस्तान, श्रीलंका र इङ्गल्याण्डले १–१ पटक उपाधि जितेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ