arrow

भिडियोमा छठ पर्व

राष्ट्रपतिद्वारा सूर्यसहित छठीमाताको पूजा आराधना

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
ramchandra-chhat.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन् । 

आइतबार राष्ट्रपति पौडेलले कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन् । 

देशका विभिन्न भागमा भव्य रूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ । 

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ । 

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रूपमा सजाइएको थियो । 

छठ पर्व हेर्ने सर्वसाधारणहरूको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो । 

गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ