arrow

अष्ट्रेलियाले शुरुआतमै गुमायो विकेट, शमीलाई सफलता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
mohammad-shami.jpg

काठमाडौँ । भारतको अहमदाबादमा जारी विश्वकप क्रिकेटको उपाधि जित्नका लागि अष्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ । जवाफमा मैदानमा उत्रिएको अष्ट्रेलियाले १६ रन जोड्दा पहिलो विकेट गुमाएको छ । डेभिड वार्नर ७ रन बनाएर आउट भएका हुन् । उनलाई मोहम्मद शमीले आउट गरे । शमीले जारी विश्वकपमा २४ विकेट लिइसकेका छन् । उनी पनि रेकर्डधारी बलर हुन् । 

लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक जारी विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको छ । 

अष्ट्रेलिया दोहोरो ह्याट्रिक र भारत पहिलो ह्याट्रिक गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । अष्ट्रेलिया पाँच पटकको तथा भारत दुई पटकको च्याम्पियन हो । 

सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो । 

लिग चरणको खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको जित हासिल गरेको थियो । दुवै टिमको त्यो जारी विश्वकपको पहिलो खेल थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ