arrow

हेडको शतकसँगै अष्ट्रेलिया उपाधि नजिक, भारत सात ओभरपछि पूरै असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
travis-head-2023-11-19.jpg

काठमाडौँ । भारतको अहमदाबादमा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलिया उपाधि नजिक पुगेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा २४१ रनको चुनौती पछ्याउने क्रममा अष्ट्रेलियाले ७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको भए पनि त्यसपछि टिमलाई ट्राभिस हेड र मार्नस लाबुस्चांगेले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गरेसँगै टिमलाई उपाधि नजिक पुर्याएका छन् । 

हेडले शतक बनाइसकेका छन् । उनी विश्वकपको फाइनलमा शतक बनाउने तेस्रो अष्ट्रेलियाली खेलाडी हुन् । यसअघि रिक्की पोन्टिङ र एडम गिलक्रिष्टले शतक बनाएका थिए । 

यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । 

जसप्रित बुमराहले २ तथा मोहम्मद शमीले १ विकेट लिएका छन् । शमीले जारी विश्वकपमा २४ विकेट लिइसकेका छन् । उनी पनि रेकर्डधारी बलर हुन् । 

लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । 

यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।

भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । 

त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक जारी विश्वकपमा अलआउट भएको हो । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ