arrow

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा रोहित कप्तानसहित भारतका छ खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
worldcup-2023-team-of-the-t.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्विश्वकप एक दिवसीय क्रिकेट टिमको टिम अफ द टुर्नामेन्टको घोषणा गरेको छ । आइतबार राति सम्पन्न विश्वकपको उपाधि अस्ट्रेलियाले जितेपछि आईसीसीले टिम अफ द टुर्नामेन्ट घोषणा गरेको हो । 

जसमा विश्वकपको उपविजेता भारतका कप्तान रोहित शर्मालाई टिम अफ द टुर्नामेन्टको कप्तान बनाइएको छ । यस टिममा भारतका ६ खेलाडी रहेका छन् भने च्याम्पियन बनेका अस्ट्रेलिया र दक्षिण अफ्रिकाका २–२ खेलाडी रहेका छन् । 

त्यस्तै श्रीलंका र न्यूजील्याण्डका एक एक खेलाडी रहेका छन् ।

आईसीसीको टिम अफ द टुर्नामेन्टमा कप्तान– रोहित शर्मा, विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, जसप्रित बुमराह र मोहमद शमी भारतबाट परेका छन् । क्विन्टन डि कक र गेराल्ड कोएत्जी दक्षिण अफ्रिकाबाट, च्याम्पियन अष्ट्रेलियाबाट एडम जाम्पा र ग्लेन म्याक्सवेलका साथै न्यूजिल्याण्डका, डार्यल मिचेल र श्रीलंकाका दिलशान मधुशंका परेका छन् । 

विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो । अष्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो । यसअघि लिग चरणका सबै खेल जित्ने क्रममा भारतले अष्ट्रेलियालाई ६ विकेटले नै हराएको थियो । 

भारतले उपाधिमा दोहोरो ह्याट्रिकसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ