arrow

राष्ट्रिय गान अपमान सम्बन्धी कसुर मुद्दामा दुर्गा प्रसाईविरुद्ध जाहेरी 

logo
निरञ्जन साह,
प्रकाशित २०८० मंसिर ५ मंगलबार
writ-durga-prasai-dhanusha.jpg

धनुषा । राष्ट्रिय गान अपमान सम्बन्धी कसुर मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको छ । केही दिनअघि गरिएको एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएर गणतन्त्र विरोधी क्रियाकलाप गरेको भन्दै दुर्गा प्रसाईलाई विपक्षी बनाएर धनुषा प्रहरीमा जाहेरी दर्ता भएको हो ।

हिन्दू सम्राट सेना धनुषाको आयोजनामा भएको कार्यक्रममा जनविरोधी हर्कत गर्दै पुरानो राष्ट्रिय गान बजाएकाले धनुषा प्रहरीमा एमाले निकट युवा संघले जाहेरी दर्ता गराएका हुन् ।

हिन्दू सम्राट सेना धनुषाले कार्तिक २८ गते आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाई प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा प्रसाईको निर्देशनमा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ बजाइएको थियो ।

राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै प्रसाईविरुद्ध मुद्दा दर्ता गराएको युवा संघ नेपाल धनुषाका अध्यक्ष रोशनकुमार यादवले बताए ।

कुनै पनि व्यक्तिलाई संविधान तथा कानून प्रतिकूल हुने गरी काम गर्न छुट नरहेको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिवाना गर्न मागसमेत गरिएको छ । 

मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसूर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ भनी जाहेरी दर्ता गरिएको जाहेरीकर्ता रोशन यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ