arrow

सर्‍यो प्रधानमन्त्रीको कार्यालय [भिडियो]

नयाँ भवनमा सरेपछि अब नयाँ ढङ्गले जाने सङ्कल्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
pmo-office-new.jpg

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको छ । सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरेको हो । 

कार्यालयमा सरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सरकारका कामकारबाही अब ढङ्गबाट अघि बढाउने बताए ।

 उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढङ्गले जाने सङ्कल्प पनि रहेको महसुस गरेको बताए । उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताए । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए ।

शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको बताइन् । उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताइन् । ०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ